बेन्फिकामाथि लिभरपुलको सहज जित
काठमाडौं - इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३-१ गोल अन्तरले हराएको हो ।
बेन्फिकाको मैदानमा इब्राहिमा कोनाटेले १७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
यस्तै सादियो माने र लुइस डियाजले १-१ गोल गरे ।
बेन्फिकाका डार्विन नुनेजले १ गोल फर्काए । यस जितसँगै लिभरपुलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब दोस्रो लेग लिभरपुलको मैदानमा अप्रिल १४ मा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:०५
प्रतिक्रिया दिनुहोस्