यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ २८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८८ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७० पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ०३ पैसा र बिक्री दर १५८ रुपैयाँ ८२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३२ रुपैयाँ ९२ पैसा र बिक्री दर ३३ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३१८ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर ३२० रुपैयाँ ५५ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५७ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ७१ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ २२ पैसा छ।
हेर्नुहोस्, विदेशी विनिमय दरको पूरा विवरण :
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २२:२७
प्रतिक्रिया दिनुहोस्