Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्टार्टिकाको तापक्रम चिन्ताजनक, सामान्य अवस्था भन्दा २१ डिग्री बढी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - अन्टार्टिका रिसर्च स्टेसनमा मार्च महिनाको अनौठो मौसमले यतिबेला वैज्ञानिकहरूलाई ठूलो झट्का दिएको छ । कोनकोर्डिया रिसर्च स्टेसनलाई पृथ्वीकै सबैभन्दा चिसो ठाउँका रूपमा चिनिन्छ । तर मार्च १८ मा त्यहाँको तापमान ११.५ डिग्री सेल्सियसले वृद्धि भएको छ । सामान्य अवस्थामा त्यो समयको अधिकतम तापक्रम माइनस ४९ डिग्री हुने गर्दथ्यो । तर मार्च १८ मा त्यहाँ २१ डिग्री बढी मापन भएको थियो । यो भनेको त्यो ठाउँका लागि आश्चर्यजनक रूपमा धेरै तातो हो ।

यदि विश्व मेटेरोलोजिकल संगठनले यो निश्चित मेट्रिकलाई ट्रयाक गर्ने हो भने यसले विश्व रेकर्ड नै राख्ने वैज्ञानिकहरूले बताएका छन् । किनकि अहिलेसम्म कतैपनि सामान्य तापमानबाट यति धेरै तापक्रम वृद्धि भएको थिएन । तापक्रम बढेर माइनस ११ डिग्री पुग्नु भनेको तातो मौसम होइन । तरपनि त्यस क्षेत्रमा यस्तो कहिल्यै देखिएको थिएन ।

जस्तै वासिङटन डिसीको तापमान सामान्यतय १६ डिग्री हुन्छ भने अचानक यो बढेर ५५ डिग्री सेल्सियस पुग्ला भनेर कल्पना गर्न सकिँदैन । तर, अन्टार्टिकामा यस्तै भएको छ । वास्तविकतामा अहिलेको मौसममा वासिङटनमा अनुभव गरिएको सबैभन्दा अधिकतम तापमान २९.४४ डिग्री रहेको थियो ।

कनकोर्डियाको यो तापमान वास्तवमा सो क्षेत्रमा त्यस महिना मात्र होइन आजसम्म नै कहिल्यै पनि देखिएको थिएन । त्यस दिन कोनकोर्डियाबाहेक रुसी रिसर्च बेस, भोस्टोकमा पनि उच्च तापमान महसुस गरिएको थियो । त्यहाँको तापमान पनि २७ डिग्रीले वृद्धि भई पहिलेका सबै रेकर्ड तोडेको छ ।

सो क्षेत्रबारे संकलन गरिएको ६० वर्षसम्मका डाटामा कतै पनि यस किसिमको ठूलो उतारचढाव नदेखिएको मेटो फ्रान्सको विश्लेषणले जनाएको छ । यसरी अन्टार्टिकामा अधिकतम तातो हुनुका दिर्घकालीन असर हुन्छन् । किनकि एक दिन मात्र पनि मौसम तातो हुनुले त्यहाँ लस एन्जलस जत्रो क्षेत्रफल भएको बरफ तीव्र रूपमा पगालिदिन सक्छ । भविष्यमा यस्ता घटना अझ बढिरहने हो भने वातावरणमा उल्लेखनीय प्रभाव पर्ने पक्का रहेको विज्ञहरूले बताएका छन् । सीएनएन

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्