रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु
१. राष्ट्रिय चिन्ह
अर्जेन्टिनाको राष्ट्रिय फूल Ceibo हो भने राष्ट्रिय खेल फूटबल ।
२. जन्मदर
संसारमा प्रत्येक सेकेण्डमा तीन बच्चा जन्मन्छन् भने एक घण्टामा ११,००० र एक दिनमा २,५५,०० बच्चा जन्मन्छन् ।
३. पुमा
बिरालो प्रजातिमा पर्ने बाघ, चितुवाजस्तै पुमा पनि एक हो । यसको लम्बाइ १० फिटसम्म हुन्छ । शरीरको अनुपातमा यो जनावर सानो आवाजले कराउँछ । यसले बिरालोभन्दा केही ठूलो स्वर निकाल्छ । Puma लाई Mountain Lion, Cougar and Panther पनि भन्ने गरिन्छ ।
४. कोकाकोला
सन् १८८६ मा कोकाकोलाको जन्म अमेरिकी John Pemberton द्वारा भएको थियो । त्यति बेला यो पेय पदार्थ औषधिका रुपमा लिइन्थ्यो । त्यस पेय पदार्थमा क्याफेन र कोकेइन नामक ड्रग मिसाइएको हुन्थ्यो । अति नै लोकप्रिय हुँदै गएका कारण सन् १९०५ देखि ती ड्रग त्यहाँबाट हटाइएको थियो र अहिलेको स्थितिसम्म आइपुगेको हो ।
५. शब्दहरु
वैज्ञानिकहरुको अनुसन्धान अनुसार एक दिनमा महिलाहरुले १२,६२० वटा शब्द बोल्छन् भने सन्त महन्तहरुले ८६० वटा शब्द मात्र बोल्ने गर्छन् ।
साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०२
प्रतिक्रिया दिनुहोस्