Nic Ad Nic Ad
Nic Ad Nic Ad

आयल निगमलाई सरकारी कोषबाट चार अर्ब २० करोड दिइने

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपाल आयल निगमलाई सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट चार अर्ब २० करोड रुपैयाँ दिइने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) लाई रकम भुक्तानी गर्न नपुग्ने भएपछि सो रकम प्राप्त हुने भएको निगमले जनाएको छ ।

आगामी शुक्रबार आईओसीलाई निगमले इन्धनबापत १९ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । निगमसँग हाल १३ अर्ब रुपैयाँ मात्रै रहेको सहप्रवक्ता पुस्कर कार्कीले बताए । निगमले १५-१५ दिनमा आईओसीलाई रकम भुक्तानी गर्दै आएको छ । ‘यस पटक आईओसीलाई भुक्तानी गर्न नपुग्ने भएपछि कोषबाट रकम लिनुपरेको हो’ उनले भने ।

निगमले हाल मासिक नोक्सानी ९ अर्ब रुपैयाँ रहेको जनाएको छ । यस आर्थिक वर्ष हालसम्म निगमले ३३ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरिसकेको जनाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ तथा ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको थियो । मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १६०, डिजेल र मट्टितेल १४३ तथा खाना पकाउने ग्यास प्रतिसिलिण्डर १६ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५५
प्रतिक्रिया दिनुहोस्