Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारत नियन्त्रित कश्मीरमा गोली हानाहान : दुई आतंकारीको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
नयाँदिल्ली - भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ । भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ । विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार सरकारी सेनाले विशेष गुप्तचर सूचनाका आधारमा क्षेत्रलाई घेराबन्दी गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्