नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब पनि पुगेन कारोबार
काठमाडौँ— नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार घटिरहेको नेप्से सूचक बुधबार थप २३.३२ अंकले घट्दै २४ सय २८.७५ अंकमा झरेको हो ।
यस दिन होटल तथा पर्यटन, अदर्श र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ट्रेडिङ समूहको उपसूचक सबैभन्दा बढी २.७६ प्रतिशतले घटेको छ भने फाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक समान १.६२ प्रतिशतले घटेको छ ।
यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक १.१८ प्रतिशतले, बैंकिङ समूह १.०६ प्रतिशतले र माइक्रो फाइनान्स समूहको उपसूचक १.१२ प्रतिशतले घटेको छ । २३ अंक माथिले घटेको बजारमा आज २ अर्ब रुपैयाँको पनि सेयर कारोबार हुन सकेन ।
नेप्सेका अनुसार ४३ लाख ७२ हजार कित्ता माथिको सेयर कारोबार हुँदा आज १ अर्ब ९९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ४६ अंकमाथिले घटेको बजारमा २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज नेष्ठो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताहरूले १० प्रतिशतले नै गुमाएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २२:५६
प्रतिक्रिया दिनुहोस्