Nic Ad Nic Ad
Nic Ad Nic Ad

थप ३२५ मेगावाट विजुली खरिद गर्न भारतले दियो अनुमति

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ— नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय ६४ मेगावाट बिद्युत बिक्रिको अनुमति पाएको छ ।

भारतको बिधुत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३ सय ६४ मेगावाट बिद्युत बिक्रि गर्न स्वीकृत दिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री पम्फा भुसालले यसबाट बर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरि अतिरिक्त बिद्युतको निर्यात दुई देशबीचको व्यापार घाटामा कमी आउने विश्वास व्यक्त गरिन्। छिट्टै प्रक्रिया पु¥याएर विद्युत व्यापारका लागि अनुमति प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको ऊर्जामन्त्री भुसालले बताइन् । यससंगै मुलुकमा विद्युत उत्पादनको ढोका खोल्ने विश्वास व्यक्त गरिन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताउनुभयो । घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन विजुली आपूर्तिमा देखिएको समस्या समाधान भइरहेको जानकारी दिए ।

उनले नेपालमा उत्पादन भएको विद्युतको आन्तरिक खपतपछि बढि भएका बिद्युत नै बिक्रिबितरण गरिने बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५५
प्रतिक्रिया दिनुहोस्