Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि. ले आफ्ना भिसा डेबिट कार्ड वाहक ग्राहकहरूलाई थप सेवा दिन दराज प्रा.लि.सँग एक कार्यक्रमबीच सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्  । उक्त कार्यक्रममा बैंकका तर्फबाट, प्रमुख– डिजिटल बैंकिङ इकाई र बैकास्योरेन्स राजेन्द्र पाण्डे, प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी, र अन्य कर्मचारीहरूको उपस्थिति तथा दराज प्रा.लि. को तर्फबाट आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो । बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नववर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्दछ ।आफ्नो कार्ड माई–कमर्स सक्रिय गर्नको लागि ग्राहकहरुले बैंकको नजिकको शाखामा आवेदन दिन अनुरोध गरिन्छ । यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:२०
प्रतिक्रिया दिनुहोस्