दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्रकर्मी कल्याण कोषलाई गरे ३ लाख सहयोग
काठमाडौं - हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्रकर्मी कल्याण कोषलाई ३ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
दीपक-दीपासहित निर्माता रोहित अधिकारीले व्यक्तिगत तर्फबाट एक-एक लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् । चलचित्रकर्मी कल्याण कोषले चलचित्रकर्मीको उपचार र वृद्ध वृद्धालाई सहयोग गर्दै आइरहेको छ ।
हालसम्म यस कोषमा ५ करोड जम्मा भइसकेको छ । यस कोषले केही समयअघि हास्यकलाकार पल्पसा डङ्गोललाई पनि उपचारको लागि रकम सहयोग गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५८
प्रतिक्रिया दिनुहोस्