अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको कुलमान घिसिङको भनाई
काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको बताएका छन् । बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सो कुरा गरेका हुन् । उनले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ ।
उनले केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको बताए ।
उनले भने - 'अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एकरदुई दिनमा समाधान भयो ।'
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:२०
प्रतिक्रिया दिनुहोस्