Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानको राजनीतिक संकटबारे चीनले दियो यस्तो प्रतिक्रिया

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - पाकिस्तानमा भइरहेको राजनीतिक संकटबारे चीनले पनि आफ्नो प्रतिक्रिया दिएको छ । पाकिस्तानमा जारी राजनीतिक संकट बारे बोल्दै चीनले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रीय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ । पाकिस्तानको वर्तमान स्थितिबारे सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यस्तो कुरा गरेका हुन् । चीन पाकिस्तानको सम्बन्ध रहिरहने भन्दै उनले चीनले अर्को देशको घरेलु मामलामा दख्खल दिने सिद्धान्तको पालना गर्ने पनि जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्