Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोरोनाको सब भेरियन्ट भारतमा पनि फेला पर्यो, ‘नेपालमा समेत जोखिम उत्पन्न’

बूस्टर डोज नलिँदा जोखिम बढ्ने सम्भावना
शुक्रबार, पुस ८, २०७९

काठमाडाैँ– चीनमा कोभिड–१९ को नयाँ लहर फैलाउने ओमिक्रोनको सबभेटियन्ट बीएफ–७ भारतमा पनि देखा परेपछि ‘नेपालमा समेत जोखिम उत्पन्न भएको’ भन्दै सरकारले सजग गराएको छ।

 

भारतले कोरोनाभाइरसका नयाँ सङ्क्रमितहरूबाट सबै नमुनाको जीनम सीक्वन्सिङ गर्न निर्देशन दिएको छ। भारतमा क्रिस्मस र नयाँ वर्षका बेला सङ्क्रमण फैलिन सक्ने भन्दै केन्द्रीय सरकारले राज्य सरकारहरूलाई कोभिड नियन्त्रण गर्न उपयुक्त कदम चाल्न निर्देशन दिएको छ।

 

नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले यतिखेर आफ्नो जोड कोभिडको बूस्टर अर्थात् अतिरिक्त मात्र लिने मानिसको सङ्ख्या बढाउनेमा रहेको बताएका छन्।

 

‘पूर्ण मात्रा लिनेको सङ्ख्या कुल जनसङ्ख्यामा ८२ प्रतिशत जति हुनु नेपालको राम्रो पक्ष हो । तर बूस्टर खोप भने कम छ, ३८ प्रतिशत जतिले मात्र लिएका छन्,’ मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर भन्छन्, ‘बूस्टर डोज नलिँदा जोखिम बढ्ने सम्भावना हुन्छ।’ पूर्ण मात्रा खोप लिनेहरूमा १२ देखि १८ महिना एन्टिबडी (रोगप्रतिरोध क्षमता प्रदान गर्ने तत्त्व) कायम रहने भनिँदै आएको छ।’

 

सरकारको कोभिड खोप कार्यक्रम कायमै रहेको बताउँदै उनले जनस्तरबाट हुने मागका आधारमा आवश्यक खोपको आपूर्ति बढाउँदै लगिने बताए। यद्यपि पछिल्लो समय खोप लिने क्रम निकै सुस्त देखिएको उनी बताउँछन्। –बीबीसीको सहयोगमा

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  २०:५४
प्रतिक्रिया दिनुहोस्